घुस लिएको अभियोगमा कार्यालय प्रमुखसहित चार पक्राउ « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

घुस लिएको अभियोगमा कार्यालय प्रमुखसहित चार पक्राउ


१२ श्रावण २०७६, आइतबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्यसहित चार जनालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगको पोखराबाट खटिएको टोलीले आज निमित्त कार्यालय प्रमुख आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैशीलाई रु एक लाख ३० हजार घुससहित आज कार्यालयबाटै पक्राउ गरेको छ ।

सो कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रम वापतको पेश्की फछ्र्योट गरिदिने भन्ने बाहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस