२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले ऐतिहासिक अवसर चुकाउनु हुँदैन : यादव

अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादव देशलाई आर्थिकरुपमा समृद्ध बनाई जनताको लामो समयदेखिको आकाँक्षा पूरा गर्ने ऐतिहासिक अवसरमा वर्तमान सरकारसँग रहेकाले सरकार त्यसअनुरुप अगाडि बढ्नुपर्ने सल्लाह दिएका छन् ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले भने, ‘जनताले गरेको आशाअनुरुप यो सरकारले परिवर्तनकारी काम गर्न सकेन ।’

यादवले देशको आर्थिक अवस्था कमजोर रहेको, नेपाल राष्ट्र बैंकसँग आठ महिनाका लागि मात्र मुद्रा सञ्चिति रहेको, व्यापारघाटा र सोधान्तरस्थिति बढेको तथा नेप्से सूची कमजोर भएको उल्लेख गरे।

अर्को प्रसङ्गमा संविधान अपूरो तथा अधुरो रहेकाले संविधान संशोधनको विकल्प नभएको बताउँदै उनले सरकारले यसमा जिद्दी गरिरहे फेरि आन्दोलन हुन सक्ने सङ्केत उनले गरे ।

बर्सेनी पहाडमा पहिरो आउने तथा मधेश जलमग्न हुने स्थिति रहेकाले सरकारले बाढीपहिरो प्राधिकरण गठन गरी आकाशको पानी सङ्कलन गरी उपयोग गर्ने नीति बनाउनुपर्ने सल्लाह यादवले दिए । उनले पार्टीको सिद्धान्त तथा विचार मिल्ने पार्टीसँग पार्टी एकीकरण गर्ने बताउँदै समाजवादी पार्टीबाहेक साना पार्टीहरुसँग कुराकानी भइरहेको बताए ।

संयोजक यादवले पार्टीले राजपाको महाधिवेशन घोषणा गरिसकेको स्पष्ट पार्दै महाधिवेशन सफल बनाउने, पार्टीको सङ्गठन बलियो बनाउने, सिद्धान्त, नीति तथा कार्यक्रम लागू गर्न पार्टी दृढ छ भने ।

संसद्मा बलियो प्रतिपक्ष आवश्यक भएकाले पार्टीको विचार मिल्ने मुद्दामा राजपाले नेपाली काँग्रेससँग सहकार्य गरी संसद्मा सशक्त भूमिका खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस