लक्ष्यभन्दा बढी राजश्व सङकलन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लक्ष्यभन्दा बढी राजश्व सङकलन


९ श्रावण २०७६, बिहिबार


तुलसीपुर । घोरही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । गत आवमा रु १९ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकामा उपमहानगरले रु २१ करोड १८ लाख ७७ हजार ५३५ राजश्व सङ्कलन गरेको हो ।उपमहानगरले विभिन्न १६७ शीर्षकमध्ये सबैभन्दा बढी मालपोतबाट रु नै करोड ३३ लाख २६ हजार ५८२ सङ्कलन गरेको त्यहाँका राजश्व शाखाप्रमुख कृष्णकुमार केसीले जानकारी दिए ।

त्यसैगरी एकीकृत सम्पत्ति करबाट रु एक करोड १४ लाख चार हजार, घरबहाल करबाट रू एक करोड १७ लाख चार हजार, विज्ञापन करबाट रु १७ लाख ९९ हजार, नदीजन्य वस्तुबाट रु २ करोड ७२ लाख २९ हजार, जडीबुटीबाट रु १५ लाख ७८ हजार र व्यवसाय करबाट रु १५ लाख २२ हजार सङ्कलन भएको उनले जानकारी दिए । उपमहानगरले चालू आवमा भने रु २५ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको राजश्व शाखाप्रमुख केसीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस