२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच जिल्ला हेर्ने कार्यालयमा दुई कर्मचारी मात्रै

अ+ अ-

दमौली । पाँच जिल्ला कार्यक्षेत्र रहने गरी तनहुँको दमौलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना भयो । तनहुँसहित गोरखा, लमजुङ, मनाङ र नवलपुरको जिम्मेवारीसहित २०७५ साल कात्तिक १५ गते डिभिजन कार्यालय दमौलीमा स्थापना भएको हो । ती पाँच जिल्लाको खाद्यान्न अनुगमन गर्ने जिम्मेवारी पाएको डिभिजन कार्यालयमा भने जम्मा २ जना कर्मचारी कार्यरत छन् । दुई जनामध्ये एक कार्यालय प्रमुख हुन् भने अर्का कार्यालय सहयोगी । कर्मचारी अभावमा कार्यालयले सोचे जस्तो काम गर्न सकेको छैन ।

यद्यपि तनहुँ जिल्लामा भने कार्यालयले बेलाबेलामा अनुगमन गर्ने गरेको डिभिजन प्रमुख शिवजी बरालले जानकारी दिए । दुई जना प्राविधिकसहित चार जनाको दरबन्दी रहेको कार्यालयले कर्मचारी अभावमा तनहुँबाहेक अन्य चार जिल्लामा अनुगमनको काम गर्न नसकेको बरालले बताए ।

‘पाँच जिल्लाका होटल र उद्योग निरीक्षण एवं अनुगमन तथा खाद्य नमुना सङ्कलनको काम गर्ने जिम्मेवारी कार्यालयलाई भएपनि कर्मचारी अभावमा समस्या भोग्नुपरेको छ,’ बरालले भने, ‘तनहुँ सदरमुकाम दमौलीका केही होटल र उद्योगहरुको अनुमगन गरिए पनि एक/एक पटक गोरखा र लमजुङ पुग्नेबाहेक अन्य काम गर्न सकिएको छैन ।’ बरालका अनुसार नवलपुर र मनाङमा भने एक पटक पनि अनुगमन भएको छैन ।

संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा

गुण नियन्त्रण विभाग मातहत रहेको कार्यालय दमौलीको एक घरमा भाडामा सञ्चालित छ । ‘जुन उद्देश्यका साथ डिभिजन कार्यालय स्थापना भएको हो, कर्मचारी अभावमा उद्देश्य अनुसारको काम गर्न सकेका छैनौँ’, बरालले भने , ‘कर्मचारी दरबन्दीको विवरण सम्बन्धित ठाउँमा जानकारी गराएका छौँ ।’

प्रमुख पर्यटकीय गन्तव्य रहेको तनहुँ, लमजुङ, गोरखा र मनाङमा धेरै होटल रहे पनि ती सबै होटलको अनुगमन गर्न नसकिएको बरालले बताए । यद्यपि जिल्ला प्रशासन कार्यालय, कृषि विकास कार्यालय र होटल व्यवसायी संघसँगको समन्वयमा दमौलीमा बेला–बेलामा अनुगमन हुने गरेको उनले जानकारी दिए ।

तनहुँका प्रजिअ रुद्रप्रसाद पण्डितले पाँच जिल्लाको खाद्य अनुगमन गर्ने जिम्मेवारी तोकिएको कार्यालयमा कर्मचारी नभएका बारेमा सम्बन्धित ठाउँमा जानकारी गराइसकिएको बताए ।