२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा

अ+ अ-

धनगढी । पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ ।

दुई हप्ताअघिसम्म प्रतिकिलो रु ८० पर्ने भिन्डी अहिले रु १०० पुगेको छ भने सिमी रु ६० बाट ९० पुगेको छ । यस्तै मूल्य बढेर नयाँ आलु रु ५५, पुरानो आलु रु ३५, प्याज रु ६०, लौका रु ७०, तानेबोडी रु १४०, काउली रु १२०, भेडेखुर्सानी रु १२०, हरियो तरकारी सानो मुठाको रु २५, गोलभेँडा रु १२०, हरियो खुर्सानी रु १०० पुगेको छ ।

सागसब्जीको चर्को मूल्यवृद्धिसँगै यसको कारोवार किलोमा भन्दा पाउको हिसाबमा गर्ने गरिएको छ । ‘साग तरकारीको मूल्य छोइनसक्नु छ’, स्थानीय कुलराज बमले भने , ‘मूल्यवृद्धिले सबैभन्दा बढी मारमा विपन्न वर्ग परेका छन् ।’

अरु महीनाको भन्दा वर्षायाममा साग तरकारीको मूल्यवृद्धि हुने गर्दछ । यस वर्षको वर्षामा अचाक्ली ढङ्गले मूल्यवृद्धि भएको अर्का उपभोक्ता केशव जोशीले बताए । मूल्यवृद्धि अस्वभाविक ढङ्गले बढ्दै गएको भए पनि यसको अनुगनम गरी मूल्य नियन्त्रण गर्नेतर्फ कसैको पहल नभएको गुनासो उपभोक्ताको छ ।

‘साग तरकारी उत्पादक किसानले उचित मूल्य पाउन सकेका छैनन्, भाउ बिचौलियाको नियन्त्रणमा छ’, स्थानीय उपभोक्ता जीवन धामीले भने, ‘मूल्य आकाशिँदासम्म पनि यसको भाउ नियन्त्रण गर्नेतर्फ कसैको चासो देखिँदैन ।’

फुट्कीको मूल्य चर्को

यतिबेला कैलाली, कञ्चनपुरका तरकारी बजारमा कारोवार भइरहेको ‘फुट्की’को मूल्य सुन्दा पत्यार नलाग्न सक्छ । बजारमा फुट्की प्रतिकिलो रु ७०० देखि रु ८०० मा कारोवार भएको छ । ‘असार महीनामा फुट्की प्रतिकिलो रु एक हजारसम्ममा बिक्री भएको देखियो’, स्थानीय रामदिन रानाले भने, ‘केही दिनयता भने यसको मूल्य घट्दै गएको छ ।’

मूल्य चर्को भए पनि यसको स्वाद लिएका पारखीहरु फुट्की खोज्दै हिँड्ने गरेको देखिन्छन् । उखरमाउलो गर्मी बढेको समयमा जङ्गलको माटोमा डल्लो आकारमा पाउने फुट्की एक प्रकारको च्याउ हो । यो निकै पौष्टिक र स्वादिलो हुने गरेको खान पल्केका पारखीहरुको भनाइ छ ।