२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिप दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते

अ+ अ-

डोटी । बैतडीको खोडपेमा आज बिहान एक यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक दीपकबहादुर पातलीका अनुसार दार्चुलाबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ग१ज ५२२४ नंको याुत्रवाहक जिप बैतडीको पाटन नगरपालिका–८ आरुवाटा भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं ९ बस्ने अन्दाजी ३५ वर्षीय ईश्वरी नागरीको मृत्यु भएको हो । उक्त दुर्घटनामा परी सोही ठाउँ बस्ने अन्दाजी २४ वर्षीय हिक्मत सामन्त (साउद) र २२ वर्षीय पुष्कर नागरी घाइते भएका छन् ।

चिप्लो बाटो, पानी र कुहिरोका कारण उक्त जिप दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक पातलीले बताए । उनले भने, ‘आज बिहानदेखि पानी परेको र सडकभरि कुहिरो लागेका कारण दुर्घटना भएको अनुमान गरेका छौँ, विस्तृत विवरण आउन बाँकी छ ।’

दुर्घटनामा परी मृत्यु भएका नागरीको शव भीरबाट उद्धार गरी अस्पताल ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । जिप आज बिहान करीब ५.१५ बजेको समयमा दुर्घटनामा परेको हो । जिप सडकबाट करीब ४०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।