सरकारका हात खुट्टा भनेका कर्मचारी नै हुन् : प्रधानमन्त्री ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारका हात खुट्टा भनेका कर्मचारी नै हुन् : प्रधानमन्त्री ओली


८ श्रावण २०७६, बुधबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका हात खुट्टा भनेका कर्मचारी नै भएको बताएका छन् ।

प्रधानमन्त्री राहत कोषका लागि निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड यूनियनले हस्तान्तरण गरेको १० लाख रुपैयाँ बराबरको चेक बुझ्दै प्रधानमन्त्री ओलीले राहत रकम बुझाउन गएको निजामती कर्मचारीको आधिकारिक ट्रेड  यूनियनको प्रतिनिधि मण्डलसँग कुरा गर्दै सरकारलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

सरकार सुशासन र विकासका निम्ति प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारको यस अभियानलाई साथ दिन कर्मचारीलाई आग्रहसमेत गर्दै भने –‘सरकारका हात खुट्टा भनेका कर्मचारी नै हुन्, त्यस कारण कर्मचारीहरू सेवामुखी भए भने जनतामा सरकारप्रतिको सकारात्मक सन्देश जान्छ’।

प्रधानमन्त्री ओलीले अब सृजना र योगदानको समय आएको बताएका छन् । ‘कतिपयले माग राख्नु अघि नै आन्दोलन गर्न सुरु गर्छन्’ प्रधानमन्त्री ओलीले भने,– ‘हामीले लोकतन्त्र ल्याइसक्यौँ । लोकतान्त्रिक प्रणाली बसालिसक्यौँ । अब आफ्ना माग सुनुवाइ गर्न आन्दोलन गर्नु पर्दैन, अब सृजनशील काम र देशका लागि योगदान गर्ने समय आएको प्रधानमन्त्री ओलीको भनाई छ ।

आजै व्यापारिक समुह केडिया ग्रुपले पनि १५ लाख रुपैंया प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस