नेकपाले ७७ जिल्ला इन्चार्ज र सह इन्चार्ज टुङ्गो लगायो « प्रशासन

नेकपाले ७७ जिल्ला इन्चार्ज र सह इन्चार्ज टुङ्गो लगायो


प्रकाशित मिति : ५ श्रावण २०७६, आईतवार १६:१०

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले ७७ वटै जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएको छ ।

नेकपा सचिवालयको आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ वटै जिल्लाको इन्चार्ज र सह इन्चार्ज टुङ्गो लगाएको हो ।

निर्वाचन क्षेत्र हेरेर सह इन्चार्ज तोकिएको छ । कुनै जिल्लामा एक जना इन्चार्ज मात्रै तोकिएको छ भने कुनैमा सह इन्चार्ज मात्रै ।

प्रतिक्रिया दिनुहोस