काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले ७७ वटै जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएको छ ।
नेकपा सचिवालयको आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ वटै जिल्लाको इन्चार्ज र सह इन्चार्ज टुङ्गो लगाएको हो ।
निर्वाचन क्षेत्र हेरेर सह इन्चार्ज तोकिएको छ । कुनै जिल्लामा एक जना इन्चार्ज मात्रै तोकिएको छ भने कुनैमा सह इन्चार्ज मात्रै ।