दिपायल विमानस्थलको काम एक साता भित्रै सकिने  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दिपायल विमानस्थलको काम एक साता भित्रै सकिने 


५ श्रावण २०७६, आइतबार


डोटी । लामो समयदेखि बन्द रहेको दिपायल विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । अबको एक साताभित्रै कालोपत्रेको काम सकिने निर्माण कम्पनीले जनाएको छ ।

वि.सं २०६३ सालबाट बन्द भएको विमानस्थल फेरी स्ुचारु गर्न धावन मार्ग कालोपत्र गर्न लागिएको हो ।

विमानस्थल निर्माणको जिम्मा पाएको सप्ना ग्याल्भा जेभी कन्स्ट्रक्सनलाई दिइएको थियो । कम्पनीले ६ करोड ८० लाखमा ठेक्का कवुल गरेको थियो ।

बिमानस्थल कालोपत्रे भएपछि नियमित रुपमा हवाई उडान हुने जनाइएको छ ।

सुदूरपश्चिममा धनगढीको गेटा विमानस्थलपछिको विमान अवतरण गराउन सबैभन्दा सजिलो एयरपोर्टका रूपमा रहेको डोटीको दिपायल विमानस्थल बन्द हुँदा स्थानीयलाई निकै मर्का परेको छ ।

०७५ असार मसान्तसम्म पूरा गर्ने गरी भएको ठेक्का सम्झौता भएको थियो । कारणबस निर्माणकार्यमा ढिलाई हुन पुगेको निर्माण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस