२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मापदण्डविपरीतका तीन पानी उद्योगविरुद्ध मुद्दा, १५ को उत्पादन रोक्का

अ+ अ-

राँझा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड उल्लङ्घन गर्ने बाँकेका तीन पानी उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका–२०७४ उल्लङ्घन गरेकाले जेएमसी वाटर इण्डष्ट्रिज, पशुपति ड्रिङ्किङवाटर र पञ्चकन्या ड्रिङ्किङवाटर उद्योगविरुद्ध मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख ज्योत्सना श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, आर्थिक वर्ष २०७५/७६ मा खाद्य स्वच्छता तथा गुणस्तर अभियानअनुसार संयुक्त अनुगमन टोलीबाट निरीक्षणका क्रममा मापदण्ड उल्लङ्घन गर्ने अन्य १५ पानी उद्योगको उत्पादन रोक्का गरी मुद्दा दायर प्रक्रियामा रहेको छ । मापदण्ड पूरा गरी गुणस्तर सुधार गर्ने उद्योगको उत्पादन रोक्का फुकुवा गरी नियमित अनुगमन गरिने उल्लेख गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख श्रेष्ठले भए, “पानी उद्योगले न्यूनतम मापदण्ड पनि पूरा नगरेको अनुगमनमा पाइएको छ, त्यस्ता उद्योगमाथि मुद्दा दायर गरिनेछ ।”

कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर अभियानअन्तर्गत आव २०७५÷७६ मा दुग्धजन्य पदार्थको एक, प्रशोधित पिउने पानीको ११, तेल तथा घ्यूका ३२ नमुना परीक्षण गरेकामा पानीको १ र घ्यूको चार नमूना प्रतिकूल भेटिएको जनाएको छ । खाद्य ऐन, २०२३ अनुसार न्यूनस्तरका खाद्यवस्तु उत्पादन तथा बिक्री वितरण गर्ने तीन जनाविरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरिएको छ । कार्यालय प्रमुख श्रेष्ठका अनुसार, खाद्य ऐन, २०२३ विपरीत न्यूनस्तरको घ्यूसम्बन्धी बाबादिन अहिर, कुन्नीलाल यादव र मञ्जुदेवीविरुद्ध मुद्दा दायर गरिएको हो ।

यो अवधिमा गुणस्तर परीक्षणका लागि सङ्कलित दूध तथा दुग्धजन्य पदार्थको ५६, प्रशोधित पिउने पानीको १० र खाने तेल तथा घ्यूको ३४ नमूनामध्ये प्रयोगशाला परीक्षण गर्दा खुला दूधको १६ र सूर्यमुखी तेलको एक नमूना प्रतिकूल भेटिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेलले पानी उद्योगले गुणस्तरमा लापरवाही गर्ने गरिएको पाइएको बताए । उद्योगको पूर्वाधार र गुणस्तरसम्बन्धी न्यूनतम मापदण्ड पनि पूरा नगरी पानी बजारमा पठाउने गरेको अनुगमनका क्रममा भेटिएको उनले उल्लेख गगरे ।

उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतमले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले सञ्चालन गरेको खाद्य स्वच्छता तथा गुणस्तर अभियान प्रभावकारी भए पनि अझै थप क्रियाशील हुनुपर्ने बताए । उनले उजुरी र बजार अनुगमनका क्रममा मात्र नभई नियमितरूपमा पानी, दुग्धलगायतका खाद्य उद्योगको अनुगमन र कानूनी कारवाही हुनुपर्नेमा जोड दिए।

कार्यालयले खाद्य तथा दाना पदार्थमा अवाञ्छनीय मिसावटलगायतका अन्य गुणस्तरमा ह्रास आउने काम हुन नदिन खाद्य एवं दाना पदार्थको गुण नियन्त्रण, खाद्य एवं दाना पदार्थको गुणस्तर जाँच परीक्षण, खाद्य प्रविधि विकास एवं प्रसार, खाद्य उद्योग स्थापनाका लागि सहजीकरण र नियमन तथा उपभोक्ता केन्द्रित चेतनामूलक कार्यक्रमको माध्यमबाट खाद्य स्वच्छताको प्रवर्द्धन गर्ने कार्य गर्दै आएको छ । रासस