कृषि विकास बैङ्कमा स्थायी जागिरको अवसर : वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्म माग « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कृषि विकास बैङ्कमा स्थायी जागिरको अवसर : वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्म माग


३१ असार २०७६, मंगलबार


काठमाडौँ । कृषि विकास बैङ्कले बैङ्कले वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्म गरी ३ सय ८४ जनाका लागि दरखास्त आव्हान गरेको छ ।

बैङ्कका आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेको आवश्यक जनशक्ति स्थायी पूर्ति गर्नुपर्ने भन्दै दरखास्त माग गरेको हो ।

बैङ्कद्वारा प्रकाशित सूचना अनुसार वरिष्ठ शाखा प्रमुख ८ जना , वरिष्ठ लेखा अधिकृत २२ जना, वरिष्ठ इन्जिनियर (आइटी) २० जना, व्यवसाय सहायक एक सय सात जना एमआईएस सहायक १३, सिभिल ओभरसियर ५ जना छन्।

त्यसै गरी बैङ्कले तीन वटा केन्दका लागि लेखापाल माग गरेको छ। जस अनुसार विराटनगर केन्द्रका लागि ६७ जना, भैरहवा केन्द्रका लागि सय जना र सुर्खेत केन्द्रका लागि ४२ जना लेखापालको माग गरिएको छ।

दरखास्त साउन २० गतेसम्म अनलाइनबाटै भर्न सकिने छ।

यस्तो छ विज्ञापन :

प्रतिक्रिया दिनुहोस