पानीको बहाव बढेसँगै सप्तकोशीका ५६ वटै ढोका खोलिए « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पानीको बहाव बढेसँगै सप्तकोशीका ५६ वटै ढोका खोलिए


२९ असार २०७६, आइतबार


काठमाडौं । लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको सतह बढेपछि ५६ वटै ढोका खुला गरिएका छन् ।

शनिबार राति नदीमा पानीको बहाव ३ लाख ७१ हजार एक सय १० क्युसेक पुगेको हो ।

पानीको बहाब उच्च भएसँगै शनिबार राति १० बजेदेखि भारतीय कन्ट्रोल रुमले ब्यारेजका ५६ वटै ढोका खुल्ला गरेको प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

सप्तकोशीमा पानीको बहाब खतराको चरणमा प्रवेश गरेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको थियो।

सप्तकोशीमा १ लाख ५० हजार क्यूसेक बहाब पुग्दा खतरा मानिन्छ।

प्रहरीका अनुसार पूर्वी पहाडी जिल्लामा वर्षा निरन्तर जारी रहेकाले कन्ट्रोल रुमले ब्यारेजका सबै ढोका खुला गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस