अस्पतालबाट शिशु चोर्ने महिला पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अस्पतालबाट शिशु चोर्ने महिला पक्राउ


२८ असार २०७६, शनिबार


बुटवल । लुम्बिनी मेडिकल कलेजबाट शिशु चोर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो ३ बजे तानसेन ९ मदनपोखराकी जमुना रानाको बच्चा चोरेर फरार रहेकी महिलालाई स्याङ्जाको कालीगण्डकी गाउँपालिबाट पक्राउ गरिएको हो ।

चोरीमा संलग्न महिलाको परिचय भने खुलाइएको छैन ।

चार दिनदेखि सुत्केरी वार्डमा रहेकी अपरिचित महिलाले शुक्रबार अचेत अवस्थामा रहेकी जमुनाकी आमालाई सहयोग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन् ।

बच्चा हराउनेवित्तिकै सिद्धार्थ राजमार्गका नाका र आसपासका जिल्लामा प्रहरीले खोजी थालेको थियो । सिसिटिभी फुटेजको आधारमा महिलाको हुलिया पत्ता लगाएर पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेकोछ । बच्चाको अवस्था भने समानय रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस