बाढी पीडितको उद्धार र राहतमा जुट्न नेकपाको निर्देशन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बाढी पीडितको उद्धार र राहतमा जुट्न नेकपाको निर्देशन


२८ असार २०७६, शनिबार


काठमाडौं ­­। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बाढी, पहिरो पीडितको उद्धार र राहतमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै सबै तहका कमिटी, नेता कार्यकर्ता र जनसंगठनहरुलाई उद्धार तथा राहतमा जुट्न निर्देशन दिएका हुन् ।

पीडितहरुको उद्धार र राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहल भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्षद्वय ओली र प्रचण्डले बाढी, पहिरो तथा डुबानबाट भएको मानवीय एवम् भौतिक क्षतिबाट आफूहरु दुःखी भएको उल्लेख गरेका छन् ।

ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली, मृतकका परिवारमा समवेदना र घाइतेहरुप्रति शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

हेर्नहोस् विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस