जनकपुर । अविरल वर्षापछि बाग्मती र लालबकैया नदीमा बाढी आएका कारण रौतहटको सदरमुकाम गौर डुबानमा परेको छ।
सदरमुकाम गौरमा रहेका घरमा पानी पसेपछि स्थानीयहरू उद्धारको पर्खाइमा रहेका छन्। सदरमुकाम गौर सहित १८ वटै स्थानीय तह जलमग्न भएका छन्।
ठाउँठाउँमा तटबन्ध भत्किएका छन् । झण्डै ५ हजार नागरिक विस्थापित भएका छन्।
सरकारी कार्यालय लगायत कारागारडुबेका छन्।
ठाउँ–ठाउँमा बाढीको पानीले घेरिएर टापु बनेका ठाउँमा नागरिक फसे पनि सरकारले उद्धारका लागि हेलिकप्टर पठाउन सकेको छैन।







