२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुम्ला जिप दुर्घटना : २२ दिनपछि भेटियो गाउँपालिका उपाध्यक्ष शाहीको शव

अ+ अ-

हुम्ला । खार्पुनाथ गाउँपालिकाको बेडू बिसौनीमाभएको जीप दुर्घटनामा परेर कर्णाली नदीमा बेपत्ताभएका उपाध्यक्ष सिन्धु शाही हमालको शव आज फेला परेको छ ।

सर्केघाड गाउँपालिका–४ साँयाको नागरास्थित कर्णाली नदीको किनारमा आज फेला परेको शव गाउँपालिकाका उपाध्यक्ष शाहीकै भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामप्रसाद घर्ती मगरले पुष्टि गरेका छन् ।

शव फेला परेको खबर पाउनेबित्तिकै हेलिकप्टरबाट सम्बन्धितस्थलमा पुगेका प्रहरी टोलीसहित उनका श्रीमान् धीरेन्द्र शाही र खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावललगायतका आफन्तले पहिचान गरेपछि शव उपाध्यक्षकै भएको पुष्टि भएको हो ।

शवको पहिचान गरेपछिसँगै गएका जिल्ला स्वास्थ्य कार्यालयका डा. दुर्गा सुर्खाली, प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, प्रहरी प्रमुख घर्ती मगरको संयुक्त टोलीले कानूनी प्रक्रिया पुर्‍याएर आफन्तलाई हस्तान्तरण गरेको छ । यही असार ३ गते सिमकोटदेखि याङ्चुकुनातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा उपाध्यक्षसहित ११ जना बेपत्ता भएका थिए । बेपत्ता अरु अझै भेटिएका छैनन् ।