२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी आफैँ पवित्र बन्नुपर्छ : महानिरीक्षक खनाल

अ+ अ-

दमौली । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अरूलाई कानूनको दायरामा ल्याउने प्रहरी आफैँ पवित्र बन्नुपर्ने बताएका छन् । तनहुँको भानु नगरपालिका–६ टुहुरेपसलमा निर्माण हुन लागेको प्रहरी चौकी भवनको आज शिलान्यास गर्दै उनले जनताको माया र सद्भाव पाउन प्रहरीले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

प्रहरीले आफ्नो व्यवहार, शिष्टता र इमानदारिता प्रदर्शन गर्नुपर्ने महानिरीक्षक खनालले बताए । ‘नेपाल प्रहरी जस्तो पवित्र सङ्गठनमा बसेर प्रहरी आफैँ पवित्र हुनुपर्छ, आफैँ रोलमोडल हुनुपर्छ, अरूलाई कानूनको दायरामा ल्याउने प्रहरी पहिला आफैँ ठीक हुनुपर्छ’, उनले भने । प्रहरीले इमानदार भएर काम गरे मात्रै नेपाल सरकारले अगाडि सारेका कार्यक्रमले सार्थकता पाउने उनको भनाइ थियो ।

अपराध र अपराधी तह लगाउने प्रहरीको काम भए पनि समाजमा आपराधिक घटना नघटोस् भन्ने प्रहरीको एक मात्र चाहना रहेको महानिरीक्षक खनालले उल्लेख गरे । समुदाय र प्रहरी साझेदारीमार्फत समाजका विकृति र विसङ्गति अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । खनालले भने, ‘प्रहरीलाई छुट्टै रुपमा हेर्ने दृष्टिकोण त्याग्नुपर्छ, प्रहरी जनताका लागि हो भन्ने भावना विकास गर्न जरुरी छ ।’

कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौली, प्रजिअ रुद्रप्रसाद पण्डित तथा नेपाल प्रहरी गण्डकी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले प्रहरी र जनताबीच हातेमालो हुनुपर्ने बताए । विसं २०७७ असार १९ गतेसम्म सम्पन्न गर्ने गरी भवन निर्माण अघि बढाइएको हो । रु १ करोड २३ लाख ३७ हजारको लागतमा भवन निर्माण गर्न लागिएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

यसैबीच महानिरीक्षक खनालले आजै तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुमा समेत प्रहरी चौकी भवनको शिलान्यास गरे । उक्त भवन रु एक करोड ५७ लाखको लागतमा निर्माण हुन लागेको हो ।