भोटेकोसीको बाढीले बगाउँदा इन्जिनियरसहित दुई वेपत्ता, दुई घाइते « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भोटेकोसीको बाढीले बगाउँदा इन्जिनियरसहित दुई वेपत्ता, दुई घाइते


२२ असार २०७६, आइतबार


सिन्धुपाल्चोक । भोटेकोसी नदीमा आएको बाढीले बगाउँदा इन्जिनियरसहित दुईजना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित शिवश्री हाइड्रो पावरमा कार्यरत साइट इन्चार्ज यादवप्रसाद काफ्ले र इलेक्ट्रिसियन रामअवतार चौधरी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरीका अनुसार कामी तामाङ र लाफिङबुद्ध हाइड्रो पावरका पेम्बा थोक्याल शेर्पा घाइते छन् । घाइते दुबै जनालाई उद्धार गरी उपचार गर्न काठमाडौं पठाइएको छ । उनीहरुलाई आइतबार बिहान हेलिकोप्टरबाट ललितपुरको बीएण्डबी अस्पताल पठाइए हो ।

घटना शनिबार मध्यरातिको भए पनि आइतबार बिहान ७ बजेमात्र खबर पाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

गएराति भोटेकोशी नदीमा आएको बाढीले नदी नजिकका चारवटा हाइड्रो पावरमा क्षति पुगेको छ ।

बाढीले निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी, ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी, शुभश्री र चाकुखोला हाइड्रोपावरमा क्षति पुगेको छ ।

क्षतिको पूर्णविवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस