ल्हासामा वातावरण मैत्री ८० बस थपिने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

ल्हासामा वातावरण मैत्री ८० बस थपिने


२२ असार २०७६, आइतबार


ल्हसा । ल्हासामा वातावरणमैत्री ८० बसलाई शनिवारदेखि प्रयोगमा ल्याइएको छ । चीनको दक्षिणपश्चिमी तिब्बत स्वशासित क्षेत्रको राजधानी ल्हसाको वायुको गुणस्तर नियन्त्रणका लागि स्थानीय प्रशासनले उक्त बसहरूको प्रयोग थालेको हो ।

शनिबारदेखि सञ्चालनमा ल्याइएका सबै बसहरू एकै किसिमका विद्युतीय गाडी रहेका र उनीहरूमा स्वचालितरूपमा स्टेशनको जानकारी दिने, चालकले गाडी चलाउँदा अनुगमन गर्ने र व्यवस्थापन प्रणाली जडित गाडी भएको कम्पनीले बताएको छ । कम्पनीले अन्य ३० बसलाई पनि छिट्टै शहरमा सञ्चालनमा ल्याउने बताएको छ । शहरमा चल्ने गरेका पूराना गाडीलाई विस्थापित गरेर नयाँ गाडी सञ्चालनमा ल्याइएको हो ।

नयाँ बस सञ्चालनमा आएसँगै ल्हसामा ४२२ वटा विद्युतीय बस गुड्नेछन् र यो सङ्ख्या ल्हसा शहरमा गुड्ने सम्पूर्ण गाडीको ८० प्रतिशत हो । ल्हसामा सञ्चालनमा रहेका सबै पूराना सार्वजनिक सवारीलाई आगामी सन् २०२१ सम्म हटाउने सरकारको नीति अनुरूप गाडी प्रयोगमा ल्याइएको हो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस