विश्वकप क्रिकेट : दक्षिण अफ्रिकासँग अष्ट्रेलिया पराजित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकासँग अष्ट्रेलिया पराजित


२२ असार २०७६, आइतबार


काठमाडौं । विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग अष्ट्रेलियामाथि पराजित भएको छ । अष्ट्रेलिया १० रनले पराजित भएको हो ।

दक्षिण अफ्रिकाले दिएको ३२६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले एक बल बाँकी छँदा सबै विकेट गुमाएर ३१५ रन मात्रै बनाउन सक्यो । उसका डेभिड वार्नरले शतक बनाएपनि जित दिलाउन सकेनन् । उनले ११७ बलमा १५ चौका र दुई छक्का प्रहार गर्दै १२२ रन बनाएका थिए ।

अष्ट्रेलियाका मिचेल स्टार्क र नाथन लियोनले समान २–२ विकेट लिए ।

अष्ट्रेलियाका लागि एलेक्स क्यारीले ८५ रन बनाए । तर अन्य ब्याट्सम्यान चल्न सकेन । दक्षिण अफ्रिकाका कागिसो रबडाले तीन विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले फापडुप्लेसिसको शतकको मलतमा निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३२५ रन बनाएको थियो । कप्तान डुप्लेसिसले ९४ बलमा सात चौका र दुई छक्का प्रहार गरेर सय रन बनाए । त्यस्तै, रसिइ भान डेर डुसेनले ९५ रन बनाउँदा क्वीन्टन डि ककले ५२ रन बनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस