नेदरल्याण्डका फुटबल स्टार अर्जेन रोबेनद्वारा सन्यासको घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेदरल्याण्डका फुटबल स्टार अर्जेन रोबेनद्वारा सन्यासको घोषणा


२१ असार २०७६, शनिबार


काठमाडौं । नेदरल्याण्डका फुटबल स्टार अर्जेन रोबेनले सन्यासको घोषणा गरेका छन् ।

३५ वर्षीय रोबेनले आफ्नो व्यासायीक करिअर समाप्त गर्ने निर्णय लिएको बताउँदै सनयासको घोषणा गरेका हुन् । उनले भने, ‘सबैलाई थाहा छ कि म वायर्न म्युनिखबाट अलग भएर आफ्नो भविष्यको बारेमा सोचिरहेको थिएँ । अब मैले आफ्नो व्यासायीक करिअर समाप्त गर्ने निर्णय लिएको छु ।’

सन् २०१७ को वर्ल्ड कप क्वालिफायरमा नेदरल्याण्डलाई जिताउन नसकेपछि रोबेनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका थिए । तर उनले फुटबल खेल जारी राखे ।

रोबेन सन् २००० मा १६ सालको उमेरदेखि फुटबल करियर सुरु गरेका थिए ।

सन् २०१० मा फिफा वर्ल्ड कपमा नेदरल्याण्ड उपविजेता हुँदा रोबेन पनि टिममा थिए । त्यो वर्ष स्पेन च्याम्पियन बनेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस