दीपक मनाङे भोलि नेकपा प्रवेश गर्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दीपक मनाङे भोलि नेकपा प्रवेश गर्ने


१८ असार २०७६, बुधबार


पोखरा । गण्डकी प्रदेशका सांसद दीपक मनाङे  भोली (बिहीबार) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन् ।

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले बिहीबार पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको छ ।

मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए । तर फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन् ।

उक्त मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिएको थियो । त्यसपछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस