पार्टी एकताको काममा ढिला भयो : नेता नेपाल « प्रशासन

पार्टी एकताको काममा ढिला भयो : नेता नेपाल


प्रकाशित मिति : १७ असार २०७६, मंगलवार १९:३६

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतालाई टुङ्गोमा पुर्‍याउने काममा ढिलाइ हुँदै गएको बताएका छन् ।

मध्यपुरथिमिमा आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशीको ३०औँ स्मृति दिवसमा बोल्दै उनले जुन उमङ्ग र जोशका साथ पार्टी एकता प्रक्रिया अगाडि बढाइएको थियो त्यो अनुरुप काम नहुँदा पार्टी एकीकरण ढिलाइ भएको बताए ।

पार्टीको नेतृत्व पङ्क्ति नै एकता प्रक्रियामा गम्भीर भएर नलाग्दा समस्या आएको उल्लेख गर्दै उनले पार्टी एकीकरण ढिलाइले कार्यकर्तामा निराशा छाएको उल्लेख गरे। पार्टीभित्रको आन्तरिक समस्या सुल्झाउँदै जानुपर्नेमा जोड दिँदै उनले लामो समयदेखि एकताका सवालमा पार्टी केन्द्रीय कमिटीको बैठकसमेत बस्न नसकेको भन्दै असन्तोष व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस