चन्द समूहका चार कार्यकर्ता पक्राउ - प्रशासन प्रशासन
prasaLogo
१० असार २०७६, मंगलवार

चन्द समूहका चार कार्यकर्ता पक्राउ


प्रकाशित मिति : 25 June, 2019 5:41 pm

pakrau

रुकुमपश्चिम । नेत्रविक्रम चन्द नेतृत्वको समूहका चार नेता, कार्यकर्ता पक्राउ परेका छन् । सो समूहका राप्ती ब्युरो सदस्य गोर्खबहादुर कामीसहित चार जना नेता कार्यकर्ता गएराति पक्राउ परेका हुन् ।

त्रिवेणि गाउँपालिका–१ सिन्तुवाङबाट आठबीसकोटका कामीसहित दीर्घराज गहतराज, छविलाल घर्ती र युवा सङ्गठनका जिल्ला उपाध्यक्ष विवेक बिक पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

प्रहरी टोली पुग्दा उनीहरुले शङ्कास्पद गतिविधि सञ्चालन गरिरहेका र सोधपुछ गर्दा प्रहरी टोली माथि नै हातपात गरी अभद्र व्यवहार देखाएपछि पक्राउ गरिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस