सुनको भाउ फेरि बढ्यो, आज कतिमा कारोबार हुदैछ ? « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुनको भाउ फेरि बढ्यो, आज कतिमा कारोबार हुदैछ ?


१० असार २०७६, मंगलबार


काठमाडौं । मंगलबार सुनको भाउ फेरि बढेको छ ।

गत बिहीबार देखि सुनको मूल्य आकाशिन थालेको थियो । बुधबार ६३ हजारमा कारोबार भएको सुन बिहीबार प्रतितोला एक हजार रुपैयाँले बढेर ६४ हजार पुगेको थियो । शुक्रबार पुनः प्रतितोलमा एक हजार रुपैयाँले बढेर ६५ हजार पुग्यो ।

शुक्रबारदेखि सोमबार प्रतितोला रु ६५ हजारमा स्थिर रहेको मूल्य मंगलबार पुनः ५ सय रुपैयाँले बढेको हो । सुनको मूल्य बढ्नेक्रम नरोकिएपछि राजधानिका सुन पसलहरुमा पुराना गहना बेच्नेहरुको भिड लागेको छ । सुन नभई नहुनेहरुले पनि सुन खरिदको मात्रा घटाएको व्यवसायीहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस