प्रधानमन्त्रीले बोल्न खोज्दा रोष्ट्रम घेराउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीले बोल्न खोज्दा रोष्ट्रम घेराउ


३ असार २०७६, मंगलबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लाग्दा रोष्ट्रम घेराउ गरेका छन्।

प्रधानमन्त्री भन्दा पहिला संसदीय दलका नेताले बोल्न पाउनु पर्ने माग गर्दै कांग्रेस सांसदहरुले रोष्ट्रम घेराउ गरेका हुन् ।

प्रतिनिधिसभा संसदमा मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि प्रतिपक्षी दलका मागका कारण ढिलाइ भएको हो।

कांग्रेसले आफ्ना नेतालाई बोल्न समय नदिने भए सदन अवरुद्ध गर्ने चेतावनी दिएको थियो।

प्रतिक्रिया दिनुहोस