२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अंशमा कहिले सम्म रमाउने ?

अ+ अ-

उ बेला जातीय छुवाछुत थियो । छोई छिटो नहुने, पानी चल्ने जात हुने व्यवस्था बनाए । छोई छिटो हुने, पानी नचल्ने जात बनाए । छोएको पानी खाँदैन थिए । घरमा तथा सार्वजनिक स्थलमा समेत पस्न नदिने कुप्रथा चलाए । पँधेरो अलग अलग बनाएका थिए अरे । मलाई चाहिँ पँधेरो अलग बनाएको थाहा छैन । जाती विशेषले छोएको पानी नखाएको तथा घरमा पस्न नदिएको चाहिँ थाहा छ । आफ्नै जात भित्रकालाई पनि घरमा पस्न दिँदैन थिए र अझै पनि दिँदैनन् । त्यो व्यक्तिगत स्वतन्त्रता होला। उ बेला कतै तागाधारी शक्तिमा थिए: अरूलाई दवाउथे होला, कतै अन्य जाति शक्तिमा थिए: बाँकीलाई दवाउथे होला । यो व्यवस्थाको मार अघिल्लो पुस्तामा थियो । हण्डर पनि खायो, नभोग्नु पर्ने कुरा भोग्यो । कोही त्यसैमा रमाए होला । हण्डर खाने वास्तविक अघिल्लो पुस्ता त सकिए र केही उमेरले डाँडो काटेका मात्रै बाँकी होलान् । बाहुनको घरमा वा मन्दिरमा नपसी वा तागाधारीले प्रयोग गर्ने पँधेराको पानी खान नपाई त्यो पुस्ता स्वर्ग लोक पुग्यो, उबेलाका निरङ्कुश शक्तिहरू पनि सकिए । जात विभाजन गरेर उच्च र नीच बनाउने पनि सकिए । अहिले सबै बराबर बनाइएको छ । अव सबै बराबर छन् र हुन् ।

अहिलेको पुस्ताले बितेका पुर्खाहरूले भोगेको कुनै पनि दु:ख तथा विभेद भोग्नु परेको छैन, छुवाछुतको सिकार हुनुपरेको छैन । उच्च भनिएका जातहरू सँगै खाएको, खेलेको, पढेको र बढेको छ । तर उसलाई पुर्खाले भोगेको दु:खको क्षतिपूर्ति चाहिएको छ । क्षतिपूर्ति वास्तविक पीडितले पाउनुपर्ने हो वा क्षतिपूर्ति पुस्तान्तरण र हस्तान्तरण हुनुपर्ने हो ? अझै पनि विगतमा पाएका हण्डरले गर्दा राज्यको मूलधारमा आउन नसकेका अघिल्लो पुस्ताका नागरिकहरूलाई शासकीय मूलधारमा ल्याउनुपर्ने हो वा त्यो पुस्तालाई छोडेर हण्डर नखाएको नयाँ पुस्तालाई ल्याउनुपर्ने हो ? जातको आधारमा नभई आर्थिक, सामाजिक वा राजनीतिक कारणले कमजोर वर्गलाई मात्रै मूलधारमा ल्याउने कार्यक्रम ल्याउँदा के हुन्छ ? जिजु बुबा, हजुरबुवा तथा बुवाको हण्डर समेत अंशको रूपमा कहिले सम्म लिई रहने हो ? अंशमा कहिलेसम्म रमाउने ?

आमाबाबुको शेषपछि बाँकी रहेको सम्पत्ति अंशबण्डामा नमिलेर छोराबुहारीको बिचमा पानी बोलचाल बन्द, कुटाकुट, दाजुभाइको बोलचाल बन्द, दिदी बहिनी दाजुभाइको घरमा आउन जान छोडेको लगायतका घटनाहरू समाचार सुन्न पाइएकै छ । अझ आमाबाबुको किरिया गर्दा कोरामा नै बाझाबाझ भएको पनि नसुनेको नदेखेको होइन । आमाबाबु अशक्त हुँदै जाँदा उहाँहरूको नाममा रहेको सम्पत्ति पाल्ने छोराको नाममा नामसारी नगरेका कारण भएको झगडा त झन् खपिसाध्या छैन। यी र यस्ता झगडा धनाढ्य र नवधनाढ्य तथा शिक्षित भनेकाहरूकै घरमा बढी हुने गरेको पाइन्छ ।

जनवारलाई पालेर राखिन्छ तर यहाँ आमाबाबुलाई  समेत पालेर जनावर बनाइएको छ। आमाबाबुको अंश हत्याएपछि बृद्धाश्रममा लगेर छोडेर छोराछोरी फरार भएका कहानी पनि छ्यास्छ्यास्ती छन् । आमाबाबु सँग बसेको छु भन्ने आट गर्नेको सङ्ख्या कमै छ तर उनीहरू आमाबाबुलाई मैले पालेको छु भन्‍नमा गर्व गर्छन् । कतिपय त्यस्ता घटनाले दुर्गम भएको कारणले समाचारको विषय बन्न सकेका छैनन् पनि होला । तर एउटा सत्य के चाहिँ हो भने “दुर्गम गाउँमा बसेको रुखोपाखो कमाएर खाने गरिब परिवारले आफ्ना आमाबाबुलाई आफूले खाने ढिडोरोटो खुवाएर सँगै बसेको चाहिँ छ, धनाढ्य र नवधनाढ्यले जस्तो बृद्धाश्रममा पुर्‍याएको चाहिँ छैन”  यसमा उठान गर्न खोजेको विषय के हो भने, हामी अझै पनि आमाबाबुको सम्पत्तिमा हक लाग्ने कानुन बनाएर बसेका छौ ।आमाबाबुको सम्पत्ति सन्तानमा हस्तान्तरण र पुस्तान्तरण नहुने कानुन किन बनाउने आँट छैन हामीमा ? यस्तो कानुन बनाउने आँट भएन भने हस्तान्तरण तथा पुस्तान्तरण हुँदा कम्तीमा पनि ६० प्रतिशत कर लाग्ने कानुन बनाउँदा के हुन्छ ? कम्तीमा अबको पुस्ताले त छोराछोरीका लागि कमाउन पर्दैन थियो । कमाउन सजिलो कहाँ छ र ? भ्रष्टाचार गरेर भए पनि राख्नै पर्‍यो । भ्रष्टाचार पनि गर्नुपर्ने थिएन होला ? छोराछोरीलाई अंशमा रमाउने बनाउनु किन ? यो म र हामी उभिएको समाजको यथार्थ आर्थिक धरातल हो । अंशमा कहिले सम्म रमाउने ?

विगतको शासन व्यवस्थाले जनताको हक अधिकार हनन गरेको थियो । निरङ्कुश शासन सञ्चालन गरेका थिए । प्रजातन्त्रको गुञ्जायस थिएन । विकास गर्ने काम हुँदैन थियो । शासकहरू मोझमस्तीमा मस्त हुन्थे । जनताका आवश्यकताको महत्त्व थिएन । यस्ता कुराको बहस माइक भेटेपछि राजनीतिक नेतृत्वले लामो समय ठोक्छ । विश्वव्यापी करण र उदारीकरणले ल्याएका नयाँ विचार र शासकीय पद्धतिको आधारमा उभिएर विगतको ढुङ्गे युग सँग तुलना गर्दै इतिहासलाई धिकार्ने हो वा विगतमा जे भयो भयो त्यसबाट पाठ सिकेर अव राम्रो बनाएर लैजाने हो? विगतलाई आज धिकार्दै गर्दा हालको वर्तमान पनि अर्को पुस्तालाई विगत बन्छ अनि यसले पनि हामीलाई यसरी नै धिकार्छ भन्ने विषयमा सोच्ने कि नसोच्ने ? विगत र विगतको शासकीय प्रणालीलाई धिकारेर राजनीतिक कमाई गर्ने हो भने विगतको त्यो अप्रजातान्त्रिक, निरंकुश, हक अधिकार हनन गर्ने अवस्था र व्यवस्था पनि हस्तान्तरण र पुस्तान्तरण भएर आएको अंश हो । अंशमा कहिले सम्म रमाउने ?

निष्कर्ष:
अंश लिने सबै किसिमका प्रथा त्यागौँ । अंश हस्तान्तरण र पुस्तान्तरण हुने प्रणाली उखेलौँ । आमाबाबुहरूले सन्तानलाई कमाई दिने प्रणाली बन्द गरौँ । आमाबाबुलाई आदर र सम्मान गर्ने परिपाटी विकास गर्दै पाल्ने होइन सँगै बस्ने वातावरण बनाऔँ । विगतलाई सिकाइको रूपमा लिएर बर्तमानलाई विगत भए पछि आउने पुस्ताले धिकार्ने ठाउँ नदिऔं । सबैको जय हुन्छ ।

प्रतिक्रिया दिनुहोस