२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आँबुखैरेनीमा ब्लक पुर्जा वितरण

अ+ अ-

दमौली । नापी कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिका–४ भाँगेका सर्वसाधारणलाई गाउँ ब्लक पुर्जा वितरण गरेको छ । वर्षौंदेखि जोतभोग गर्दै आएका भूमिहीनलाई नापी कार्यालयले गाउँ ब्लक जग्गा धनी पुर्जा वितरण गरेको हो ।

गाउँमै पुगेर त्यहाँका २७ मध्ये २३ जनालाई गाउँ ब्लक जग्गाको जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । चार जनालाई भने कागजात नमिलेका कारण पुर्जा वितरण गर्न नसकिएको उनले बताए । उनले भने, “ग्रामीण भेगका जनतालाई सदरमुकामसम्म आउन नपरोस् भनेर गाउँमै पुगेर पुर्जा वितरण ग¥र्यौ । चार जनामध्ये कोही उपस्थिति हुनुभएन, कोहीको भने कागजात नमिलेका कारण वितरण गर्न सकिएन ।”

आचार्यका अनुसार गाउँ ब्लकको जग्गाधनी पुर्जा पाउनेमध्ये सबैभन्दा बढी पाउनेले दुई रोपनी जग्गा पाएका छन् भने एका, दुई र तीन आनासम्म पाउने पनि छन् । पुर्जा पाएपछि स्थानीयवासी खुशी भएका छन् । पुर्जा नहुँदा उनीहरु व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट वञ्चित थिए ।

वि.सं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलो पटक नक्सा नाप गरिएको थियो । तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । एकै ठाउँमा धेरै घर भएका ठाउँमा नाप नक्सा हुन छुट भएको थियो । उक्त समयमा ती जग्गामा ब्लक नं लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नम्बर नापेर भोगको आधारमा पुर्जा वितरण गरेको हो ।

तनहुँमा वि.सं. २०७१ देखि गाउँ ब्लक नाप्न शुरु गरिएको थियो । नापी कार्यालयका अनुसार जिल्लामा साविकका २२ वटा गाविसमा गाउँ ब्लक रहेको छ । गाउँ ब्लकअन्तर्गत रहेका सर्वसाधारणले कार्यालयमा आएर ब्लक पुर्जा बनाउन सक्नेछन् । नापी कार्यालयले आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कमा दुई महीना अगाडि ३३ जनालाई ब्लक पुर्जा वितरण गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस