टिपर दुर्घटनामा एकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

टिपर दुर्घटनामा एकको मृत्यु


३० जेष्ठ २०७६, बिहिबार


बस दुर्घटना

विदुर । नुवाकोटको ककनी गाउँपालिका–४ रानीपौवा नियालेमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक र सहचालक घाइते भएका छन् ।

पासाङ ल्हामु सडकखण्डको रानीपौवा र ३५ किलोको बीचमा काठमाडौँबाट नियालेतर्फ आउँदै गरेको बा२क ६३६३ नंको टिपर सडकबाट करीब ३०० मिटर तल खसेको थियो । प्रहरी निरीक्षक विष्णुहरि फुयाँलका अनुसार दुर्घटनामा स्थानीयवासी ६० वर्षीया माइली तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते तामाङको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा टिपर चालक २४ वर्षीय अनिल लामा र सह–चालक जीवन लामा घाइते भएका छन् ।

दुवै जनाको काठमाडौँमा उपचार भइरहेको छ । माइलीका आफन्तले क्षतिपूर्तिको माग गर्दै आज बिहानैदेखि पासाङ ल्हामु सडकखण्डमा सवारीसाधन सञ्चालनमा अवरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस