२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवरोधका कारण सिंचाइ आयोजनामा रोक

अ+ अ-

वीरगञ्ज । स्थानीयवासीको अवरोधका कारण पर्साको बागेश्वरी तित्रैनास्थित तिलावे अर्गना सिँचाइ आयोजनाको निर्माण कार्य हालसम्म शुरु हुन सकेको छैन् ।

संघीय सरकारमार्फत कुवेत सरकारको रु १२ करोड ३७ लाख १९ हजार ४३५ आर्थिक सहयोगमा निर्माण हुने सो आयोजनाको काम हालसम्म अगाडि बढ्न नसकेको जलस्रोत तथा विकास डिभिजन कार्यालय वीरगञ्ज पर्साले जनाएको छ ।

दुई वर्षभित्र सम्पन्न हुने गरी २०७४ चैत २६ गते सम्झौता भएको आयोजना निर्माणको जिम्मा मकवानपुरका ठेकेदार मृत सञ्जीवनी निर्माण सेवाले पाएको थियो तर स्थानीय एकटाँगावासीको विरोधका कारण उक्त काम अगाडि बढ्न नसकेको हो ।

सन २०२० सम्म उक्त आयोजना सम्पन्न गर्नेगरी कुवेत सरकारले संघीय सरकारसँग सम्झौता गरे पनि पर्सागढी नगरपालिका वडा नं ९ एकटाँगाका स्थानीयवासीले उक्त आयोजना निर्माण भएमा गाउँ नै डुबानमा पर्ने, हेडवर्कको काम नम्बरी जग्गामा बनाउन लागेको भनेर अदालतमा मुद्दा हालेपछि काम अगाडि बढ्न नसकेको कार्यालय प्रमुख बैदेही शरण दतले राससलाई बताए ।

मुख्य नहरको लम्बाइ ६ किलोमिटर रहेको र सो सिँचाइ आयोजना सञ्चालनमा आएपछि पर्सागढी तथा बहुदरमाई नगरपालिकाभित्रको ७७० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुने भए पनि आयोजनाको काम रोकिँदा सो हुन नसकेको उनले बताए ।

एक टाँगावासीले आयोजना रोक्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पर्सागढी तथा बहुदरमाई नगरपालिका, सिँचाइ विकास डिभिजन कार्यालय, उपभोक्ता समिति, स्थानीय प्रहरीलाई विपक्षी बनाई शुरुमा जिल्ला अदालतमा मुद्दा दायर गरेपछि काम रोकिन गएको हो । तर जिल्ला अदालतले सो मुद्दा खारेज गरेपछि हाल उक्त मुद्दा उच्च अदालत वीरगञ्जमा विचाराधीन अवस्थामा रहेको छ ।

पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवले सो ठाउँमा ८० वर्ष पुरानो कुलो रहेको र संघीय सरकारले उक्त कुलोलाई सिँचाइ आयोजना निर्माण गर्न लागेकामा केही व्यक्तिले अदालतमा मुद्दा हालेको बताए । उनले आयोजना निर्माणको काम चाँडै अघि बढ्ने विश्वास पनि व्यक्त गरे ।

संघीय सरकारले स्थानीय निकायमा विकासका लागि बजेट दिए पनि केही व्यक्तिले आफ्नो निजी स्वार्थका कारण आयोजना रोक्नु विकासको बाधक भएको स्थानीयवासीको टिप्पणी छ ।