२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपमहानगरभित्रै एक हजार १९७ लागुऔषध दुर्व्यसनी

अ+ अ-

बाँके । नेपालगञ्ज उपमहानगरपालिकामा हाल एक हजार १९७ लागुऔषध दुर्व्यसनी छन् । लागुऔषध दुर्व्यसनी विरुद्ध जिल्लामा क्रियाशील विभिन्न सात संस्थाले गरेको प्रारम्भिक सर्वेक्षणअनुसार सो संख्याका दुर्व्यसनी फेला परेको हुन् । उपमहानगरपालिकाभित्र लागुऔषध प्रयोगकर्ताको वर्तमान अवस्था यकिन गर्न नगरका २३ वटै वडाका जोखिमपूर्ण ४२ वटा स्थान छनोट गरी गरिएको प्रारम्भिक सर्वेक्षणमा नगर क्षेत्र लागुऔषधको उच्च जोखिममा रहेको र एक हजार १६३ पुरुष र ३४ महिला लागुऔषधको दुव्र्यसनीमा रहेको जनाइएको छ ।

तीमध्ये मुखबाट सेवन गर्ने एक हजार १२५, सुँघने ६३ र सुईंको माध्यमबाट लागुऔषध प्रयोग गर्ने नौ जना छन् । तथ्याङ्कअनुसार सबैभन्दा धेरै १६ देखि ४९ वर्ष उमेर समूहका एक हजार तीन, १२ वर्षमुनिका ६४ र ५० देखि ६१ वर्ष उमेर समूहका १३० छन् । लागुऔषध प्रयोगकर्तालाई यसको उपचार हुन्छ भन्ने जानकारी भए पनि हालसम्म २५० जनाले मात्र उपचार गर्दै आएको सर्वेक्षणमा जनाइएकोे छ । यो कूल सङ्ख्याको २० प्रतिशत मात्रै हो । सर्वेक्षणअनुसार नगर क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या भयावह देखिएको साहारा हाउस नेपालगञ्ज शाखाका सञ्चालक अभिराज क्षेत्रीले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रामबहादुर चन्दका अनुसार जिल्लामा पाँच हजारभन्दा बढी लागुऔषध सेवनकर्ता रहेको अनुमान छ । “लागुऔषध प्रयोगकै कारण एचआइभीको जोखिम पनि उच्च रहेको छ”, उनले भने, “यकिन तथ्याङ्क नहुँदा रणनीति तयार गर्न समस्या भइरहेको छ ।”लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले प्रारम्भिक तथ्याङ्कले आगामी दिनमा अन्सन्धानमा टेवा पु¥याउने बताए । उनले भने, “एभिल, डाइजोपाम, लुबिक जेसिकजस्ता सामान्य मूल्यका कारोवबार घटेपनि ब्राउन सुगर, चरेश, अफिमलगायत महँगो मूल्यका लागुऔषध प्रयोगकर्ता बढेको छ । लागुऔषध कारोवारका लागि नेपालगञ्ज ट्रान्जिट बन्ने खतरा पनि उत्तिकै बढेको छ ।”

उक्त ब्यूरोकाअनुसार जिल्लामा चालू आवको १० महीनामा प्रतिमहीना औसत ३० जनाका दरले लागुऔषध ओसारपसार तथा दुर्व्यसनीमा संलग्न व्यक्तिलाई पक्राउ गरिसकिएको छ । यो अवधिमा २९७ पक्राउ परेका छन् भने १९२ मुद्दा दर्ता भएका छन् । सो उपमहानगरपालिकाको सहयोगमा लागुऔषधविरुद्ध नेपालगञ्जमा क्रियाशील विभिन्न संस्थाले उक्त सर्वेक्षण गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस