शिखर नगरपालिकाका ८ वटा विद्यालयमा विद्युतिय हाजिर जडान हुदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

शिखर नगरपालिकाका ८ वटा विद्यालयमा विद्युतिय हाजिर जडान हुदै


७ जेष्ठ २०७६, मंगलबार


डोटी । डोटीको शिखर नगरपालिका अन्तर्गत रहेका विद्यालयहरु मध्य पहिलो पटक ८ वटा विद्यालयमा विद्युतिय हाजिर जडान हुने भएको छ ।

शिखरनगरपालिका डोटीको सहयोगमा यो हाजिर जडान हुन लागेको हो । दस हजार औलाको नमुला लिन सक्ने क्षमता रहेको यो हाजिर विद्युतवाट चार्ज गर्न मिल्ने भएकाले विद्युत नभएको समयमा समेत संचालनमा आउन सक्ने शिखर नगरपालिकाका सुचना अधिकृत कसिस मल्लले वताए ।

यो हाजिर अनलाइनमा दर्ता हुने भएकाले यसको विद्युतिय कोडको आधारमा बाहिरवाट समेत उपस्थिति हेर्न मिल्ने सुचना अधिकृत मल्लले बताए । हाजिरमा हाजिर गर्ने व्यक्तिको नाम र औलाको नमुना लिएको हुन्छ भने अपिसको समय तालिका मिलाएको हुन्छ ।

नगरपालिका भित्रका शारदा माद्यामिक विद्यालयमुडभरा, शिद्धेशवर माद्यामिक विद्यालय वन्लेक, सिताराम माध्यमिक विद्यालय उच्चाकोट, केदारेश्वर माध्यमिक विद्यालय कपल्लेकी, राधाकृष्ण माध्यमिक विद्यालय गोपघाट, राधाकृष्ण माद्यामिक विद्यालय तिजाली, हरिहर माध्यमिक विद्यालय तल्कोट र सरस्वती माध्यमिक विद्यालय चुणीलाई विद्युतिय हाजिर वितरण गरिएको शिखर नगरपालिका शिक्षा इकाइ प्रमुख उद्धव मल्लले बताए ।

आज आठै वटा विद्यालयका प्राधानाध्यापकलाइ विद्युतिय हाजिरको वारेमा जानकारी तथा हाजिर हस्तान्तणर कार्यक्रम भएको हो । विद्यालयमा यो हाजिर जडान भएपछि सम्पूर्ण शिक्षक तथा कर्मचारीको नियमितता, नयाँ प्रविधिको प्रयोग गर्न पाइनुका साथै सम्पूर्ण विद्यार्थीमा यो प्रविधिको ज्ञान हुने केदारेश्वर माध्यमिक विद्यालयका प्राधानाध्यापक गगन कार्कीले बताए ।

विद्युतिय हाजिर हस्तान्तरण कार्यक्रममा शिखर नगरपालिका नगर प्रमुख सिताराम जोशीले यो हाजिरले विद्यालयमा थप नियमितता र अनुशासनको विकास हुने विश्वास गरे । नगरपालिका विद्युतिय प्रविधिमा यो भन्दा पहिले पनि केहि नमुना काम गरिसकेको उल्लेख गर्दै नगरपालिकालाइ समय सुहाउदो प्रविधिमा अगाडी वढाउन खोजेको बताए । साथै नगरपालिकामा आगामी दिनमा सम्पूर्ण सरकारी कार्यालयमा यो हाजिर जडान गर्ने सोच रहेको बताए ।

हस्तान्तरण गरिएको हाजिरमा स्कूलका शिक्षकको नाम सेटिङ गरिसकिएको छ भने सम्पूर्ण विद्यालयमा एक हप्ता भित्र जडान गरिसक्ने वताइएको छ । साथै नगरपालिकाको कार्यालयमा समेत यसै पटक संगै जडान गरिने जानकारी दिएको छ ।
विद्यालयहरुमा विद्युतिय हाजिर जडान कार्य डोटीकोलागि नौलो अभ्यास हो ।

यो भन्दा पहिले डोटीको केआई सिं गाउँपालिका, जोरायल गाउँपालिका र दिपायल सिलवगढी नगरपालिकाले पनि केही विद्यालयमा सुरु गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस