२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुद्धको मावलीमा काष्ठकला राष्ट्रिय कार्यशाला हुने

अ+ अ-

लुम्बिनी । गौतम बुद्धको मावली गाउँ देवदहमा बुधबारदेखि काष्ठकलाको राष्ट्रिय कार्यशाला हुने भएको छ । प्राचीन कोलीय गण राज्यको राजधानी देवदहलाई उद्यानको शहर बनाउने गरी देशैभरका प्रख्यात मूर्तिकारको सहभागितामा सात दिनसम्म गौतमबुद्ध राष्ट्रिय उद्यान, देवदहमा काष्ठकला राष्ट्रिय कार्यशाला हुने भएको हो ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा कार्यशाला मूल आयोजक कमिटी संयोजक टेकबहादुर रानाले यही जेठ १६ गतेसम्म कार्यशाला सञ्चालन हुने र त्यसमा देशका प्रख्यात मूर्तिकारले बुद्धको जीवनसंँग सम्बन्धित विभिन्न मूर्ति तयार गर्ने जानकारी दिए ।

मूर्तिलाई सोही उद्यानमा व्यवस्थित गरेर राखिने बताइएको छ । राष्ट्रिय कार्यशालाको मुख्य उद्दे्श्य देवदहका उद्यानहरुमा बुद्धत्व झल्किनेगरी बुद्ध मूर्ति राख्ने रहेको आयोजक कमिटीका सचिवालय सदस्य तथा ड्रिम देवदह युनिटी फर चेन्जका अध्यक्ष सिद्धिचरण भट्टराईले बताए ।

आयोजकका अनुसार कार्यशालामा संस्कृतिविद् डा गितु गिरी, बौद्ध विषयका ज्ञाता डा.कृष्ण न्यौपाने, लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रमुख फणीन्द्र न्यौपानेलगायतले बुद्ध जीवनका बारेमा मूर्तिकारसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र बुद्ध सामुदायिक वन उपभोक्ता समूह देवदह आयोजक रहेको कार्यशालाको मुख्य संरक्षक देवदह नगरपालिका पर्यटन प्रवर्द्धन समिति र मुख्य प्रर्द्धनक ड्रिम देवदह युनिटी फर चेन्ज छन् । यसैगरी नेपाल पर्यटन पत्रकार महासंध रुपन्देही, आरम्भ समसामयिक नेपाली मूर्तिकार समूह, गाउँ वन समन्वय सञ्जाल, अनुराग साहित्य समाज, उज्यालो लालटिन प्रतिष्ठान, खेमा तमू छोज धीं सहआयोजक रहेको उक्त कार्यक्रमलाई स्थानीय विभिन्न क्लब र समूहले सहयोग गरिरहेको आयोजक कमिटीका सचिवलाय सदस्य दीपेश बस्यालले बताए ।

सरकारले पर्यटनका १०० गन्तव्यमा समेत समेटेको देवदहमा पर्यटकलाई घुम्ने ठाउँ पर्याप्त नहुँदा देवदह आउनेहरु केही बेरमै फर्किन थालेपछि कार्यशालामार्फत उद्यान बनाएर पर्यटक भुलाउने लक्ष्य पनि रहेको कार्यशालाका प्रचारप्रसार समितिका संयोजक गोविन्द घर्तीले बताए ।

कोलीय सभ्यताका विषयवस्तु, सूचना र मिथकहरु बौद्ध विद्वान्ले दिएका आधारमा मूर्तिकारहरुले बुद्ध जीवनसँंग सम्बन्धित मूर्ति तयार गर्ने प्राज्ञ यम बहादुर थापाले बताए । बुद्धको मावली तथा ससुरालीसमेत रहेको देवदहमा त्यस्तै प्रकृतिका मूर्ति तयार गर्ने तयारी भएको प्राज्ञ गोविन्द चौधरीले बताए ।

कार्यशालामा प्राज्ञ लालकाजी लामा (काठमाडौँ), प्राज्ञ गोविन्दप्रसाद चौधरी (रुपन्देही), प्राज्ञ यमबहादुर थापा (रुपन्देही), उपप्राध्यापक भुवन थापा (काठमाडौँ), मूर्तिकार राजन काफ्ले (रौतहट), मूर्तिकार लक्ष्मण भुजेल (हेटौँडा), मूर्तिकार राजु पिठाकोटे (इलाम), मूर्तिकार प्रथमराज बज्राचार्य (काठमाडौँ), मूर्तिकार बुद्ध चौधरी (रुपन्देही), मूर्तिकार भीमबहादुर श्रेष्ठ (चितवन), मूर्तिकार हरिराम अधिकारी (गुल्मी), मूर्तिकार दिनेश्वर महतो (चितवन), मूर्तिकार केडी याख्या (झापा), मूर्तिकार अनमारी तामा (काठमाडौँ), मूर्तिकार विशाल सारु मगर (इलाम), मूर्तिकार कुमार थापा (गुल्मी) र मूर्तिकार हरिबहादुर थापा (रुपन्देही) सहभागी रहने मूल आयोजक कमिटीका सचिवालय सदस्य समरबहादुर खड्काले बताए ।