कामीरिताको नयाँ कीर्तिमान : सगरमाथाको २४औँ पटक सफल आरोहण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कामीरिताको नयाँ कीर्तिमान : सगरमाथाको २४औँ पटक सफल आरोहण


७ जेष्ठ २०७६, मंगलबार


काठमाडौं । आरोही कामीरिता शेर्पाले सगरमाथाको २४औँ पटक सफल आरोहण गरेका छन् । उनले आज बिहान ६ः३८ बजे सगरमाथाको २४औँ पटक आरोहण गरेका हुन् ।

उनले सात दिनको अवधिमै पुनः सगरमाथाको आरोहण गरेका छन् । सोलुखुम्बुको थामेगाउँमा जन्मेका ४९ वर्षीय कामीरिताले आगामी वर्ष २५औँ पटक सगरमाथा आरोहण गरेर सन्न्यास लिने बताएका छन् ।

यसअघि शेर्पाले जेठ १ गते सगरमाथाको २३औँ पटक आरोहण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस