बैतडीमा जीप खस्दा ३ जनाको मृत्यु, तीन जना घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बैतडीमा जीप खस्दा ३ जनाको मृत्यु, तीन जना घाइते


५ जेष्ठ २०७६, आइतबार


कैलाली । बैतडीको दशरथचन्द नगरपालिका ११ नानीगाडमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, तीन जना घाइते भएका छन् ।

देहिमाण्डौबाट गिरिगाडा जाँदै गरेको म १ ख ४९२१ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी बैतडीको दशरथचन्द नगरपालिका १० बाराकोट अन्दाजी ४५ वर्षीय हिरा बल्लभ भट्ट,सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्टको घटनास्थलमै मृत्य भएको छ ।

दुर्घटनामा परी दशरथचन्द नगरपालिका १० का प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगरका २६ वर्षीय राहुल भट्ट र जीपचालक दशरथचन्द नगरपालिका १० का नवीन भट्ट घाइते भएका छन्।

घाइते रहेका चालकसहित तीनजनालाई जिल्ला अस्पताल बैतडी पठाइएको डिएसपी गिरीले जानकारी दिए ।

मृत्यु हुनेमध्ये एकजना को भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । जीप दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस