तीनवटा विधेयक फिर्ता लिन कांग्रेसको माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तीनवटा विधेयक फिर्ता लिन कांग्रेसको माग


१ जेष्ठ २०७६, बुधबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तीनवटा विधेयक फिर्ता लिन माग गरेको छ ।

कांग्रेसले मिडिया काउन्सिलसम्बन्धि विधेयक, मानव अधिकारसम्बन्धि विधेयक र राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धि विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ ।

बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई तीनवटै विधेयक संविधान प्रतिकूल रहेका कारण फिर्ता लिन माग गर्ने निर्णय गरेको हो ।

कांग्रेसले विधेयक फिर्ता नगरे सदन र सडकबाट शक्ति परिचालन गर्ने चेतावनी पनि दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस