राष्ट्र बैङ्कको प्रवक्तामा निरौला नियुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्र बैङ्कको प्रवक्तामा निरौला नियुक्त


प्रशासन संवाददाता

३० बैशाख २०७६, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला नियुक्त भएका छन् । राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागमा कार्यरत निरौलालाई प्रवक्तामा नियुक्त गरिएको हो ।

नियमन विभागका प्रमुख रहेका नारायण पौडेल ३० वर्षे अनिवार्य अवकाशका कारण २५ वैशाखदेखि बिदा बसेपछि रिक्त रहेको प्रवक्त्ता पदमा कार्यकारी निर्देशक निरौलालाई नियुक्त गरिएको हो ।

मोरङको इटहरी स्थायी घर भएका निरौला २०४६ सालमा राष्ट्र बैङ्कको सेवामा प्रवेश गरेका थिए । विभिन्न विभागमा कार्यकारी निर्देशक भएर काम गरिसकेका पौडेल कुशल निर्देशकका रूपमा चिनिन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस