प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान


३० बैशाख २०७६, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनामको पाँच दिने भ्रमण सकेर आज कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियाका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओली भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा वैशाख २६ गते भियतनाम भ्रमणमा गएका थिए । भियतनाबाटै आजकम्बोडिया प्रस्थान गरेका छन् ।

भियतनाममा रहँदा प्रधानमन्त्री केपीशर्मा ओलीले भारत नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसंघीय वैशाख दिवसलाई सम्बोधन गरेका थिए । उनी सँगै उनका नेपाली प्रतिनिधिमण्डल पनि रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस