काली नदीमा डुबेर एक युवकको मृत्यु « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

काली नदीमा डुबेर एक युवकको मृत्यु


२९ बैशाख २०७६, आइतबार


पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर १ वाकामलाङ्को लितिपिरिङस्थित काली नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् ।

आज दिउँसो पौडी खेल्ने क्रममा साथीसँगै नदीमा गएका २१ वर्षीय डोसबहादुर तामाङको ज्यान गएको प्रहरीले बताएको छ ।

नुवाकोट, दुप्चेश्वर गाउँपालिका वडा नम्बर २ सानो ओढारेका तामाङ अहिलेसम्म नभेटिएको इलाका प्रहरी कार्यालय रामपुरका भूपालसिं रानाले जानकारी दिए ।

छ दिनअघि मात्रै मजदूरीका निम्ति आएका तामाङ्का श्रीमती र दुई वर्षीय छोरी छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस