काठमाडौँ । त्रिवि सेवा आयोगको कार्यालयमा तोडफोड भएको छ । खुल्ला प्रतिस्पर्धाको परीक्षामा नातेदारलाई पास गराएको भन्दै असन्तुष्ट विद्यार्थीहरूको समूहले आइतबार दिउँसो त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित तोडफोड गरेको हो ।
नतिजा प्रकाशनमा असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी सङ्घ र नयाँ शक्ति विद्यार्थी युनियनमा आबद्ध विद्यार्थीले तोडफोड गरेको प्रहरीले जनाएको छ।
तोडफोडबाट सेवा आयोग कार्यालयमा क्षति पुगेको महानगरीय प्रहरी वृत्त किर्तिपुरले जनाएको छ । आक्रोशित विद्यार्थीहरूले सेवा आयोगका अध्यक्ष चैतन्य शर्माको कुर्सी जलाएका छन् ।
तोडफोडमा संलग्न भएको आरोपमा नेविसंघका ५ जना विद्यार्थीलाई प्रक्राउ परेका छन् ।







