२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागत अनुमानभन्दा तेब्बर बढीमा पदमार्ग निर्माण

अ+ अ-

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटस्थित माछेखोलामा पदमार्ग निर्माणका लागि तोकिएको लागत अनुमानभन्दा तेब्बर बढीमा पदमार्ग बनाएको छ ।

वडा कार्यालयको सिफारिशमा गाउँपालिकाबाट विनियोजन भएको ५० हजार बजेटबाट पदमार्ग बनाउन शुरु गरेका माछेखोलावासीले एक लाख ५० हाजारमा सो काम पूरा गरेका हुन् । मौवाफाँटको मसिनाचोकदेखि मौवाफाँट हुँदै भगवती जोड्ने मोटरबाटोसम्म माछेखोलाको किनारमा साँघुरो डोरोमा ढुङ्गा चिनेर पदमार्ग बनाइएको उपभोक्ता समितिका अध्यक्ष गोपाल शर्माले बताए । उनका अनुसार छ व्यक्तिले करीब ४० दिन समय खर्चेर पदमार्ग बनाएका थिए ।

सरकारी बजेटले थोरै मात्रै पदमार्ग बन्ने भएको र यसबाट स्थानीयवासीलाई दैनिक आवतजावतमा कठिन हुने भएकाले एक महीनाभन्दा बढी समय लगाएर पदमार्ग बनाइएको अध्यक्ष शर्माले बताए । वर्षात्को समयमा खोला बढेपछि माछेखोलाका बासिन्दा जिल्ला सदरमुकाम आउनका लागि समेत घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता थियो ।

अहिले खोलाको किनारमा परम्परागत रुपमा आवतजावतका लागि प्रयोग गरिँदै आइएको ठाउँमा ढुङ्गा चिनेर पदमार्ग बनाएपछि वर्षात्को समयमा समेत बालबालिकादेखि वृद्धवृद्धासम्म सहजरूपमा आवतजावत गर्न सक्ने भएका छन् । खोलाको छेउछाउ पदमार्ग बनाइएकाले खोला तर्नुपर्ने स्थानमा ढुङ्गाकै फड्केसमेत बनाइएको छ । मसिनाचोकमा मोटरबाटोबाट माछेखोलातर्फ जाने स्थानमा भने वारपारका लागि सानो फड्के उपयुक्त नहुने भएकाले थप सहयोग उपलब्ध गराउनका लागि गाउँपालिका र वडा कार्यालयमा अनुरोध गरिएको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस