बझाङमा जिप दुर्घटना, एकको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बझाङमा जिप दुर्घटना, एकको मृत्यु


२८ बैशाख २०७६, शनिबार


बझाङ । बझाङको जयपृथ्वी नगरपालिकामा जिप दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ ।

जयपृथ्वी नगरपालिका–११ धामीलेकमा शुक्रबार बेलुका से१ज ७७६ नंको जिप दुर्घटना हुँदा सोही नगरपालिका–११ का स्थानीयवासी ३० वर्षीया भगवती जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जोशी चैनपुरबाट घर पुगेर जिपबाट ओर्लदा जिप पछाडि सरेपछि किचेर मृत्यु भएको स्थानीयवासीको आरोप छ ।

घटनाबारे थप अुनसन्धान भइरहेको र जिपका चालक भने दुर्घटनापछि फरार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस