स्थानीयको सक्रियतामा सडक स्तरोन्नति « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

स्थानीयको सक्रियतामा सडक स्तरोन्नति


२६ बैशाख २०७६, बिहिबार


बेझाड । पूर्वखोला गाउँपालिका–५ को वीरकोट र रामपुर नगरपालिका–१० को गेझा जोड्ने वीरकोट–गेझा–बर्दले सडक स्थानीयवासीको सक्रियतामा स्तरोन्नति गर्ने काम सकिएको छ । सडक स्तरोन्नतिका लागि यहाँका स्थानीयवासीले जनश्रमदानसँगै आर्थिक सहयोग पनि गरेका छन् । सो सडक निर्माणका लागि पूर्वखोला गाउँपालिकाबाट १४ लाख रकम सहयोग प्राप्त भएको थियो ।

स्थानीय उपभोक्ताको जनश्रमदान र दुई लाख १४ हजार ८४२ गरी जम्मा १६ लाख १४ हजार ८४२ को लागतमा सडक स्तरोन्नति गर्ने काम भएको उपभोक्ता समितिका सचिव जगबहादुर जर्घाले जानकारी दिए । यहाँ सडक स्तरोन्नति नहुँदा आवतजावतमा स्थानीयवासीले निकै सास्ती खेप्नुपरेको थियो ।

कृषकलाई उन्नत जातका बाख्रा वितरण

पाल्पाको माथागढी गाउँपालिकाले कृषकलाई उन्नत जातका बाख्रा वितरण गरेको छ । बाख्रापालन व्यवसाय गरेर आयआर्जन बढाउन गाउँपालिकाको आव २०७५÷७६ को नौ लाख बजेटबाट वडा नं ७ रहबासका कृषकलाई बाख्रा वितरण गरिएको हो ।

गाउँपालिकाले ८० बोयर र जमुनापारी जातको बोका र माउ वितरण गरेको जनाएको छ । साथै खोर सुधार सामग्री, औषधि र विभिन्न सामग्रीसमेत प्रदान गरिएको छ ।

धनुवा कृषक समूहमा आबद्ध कृषकलाई आयआर्जन बढाई आत्मनिर्भर बनाउन बाख्रा वितरण गरेपछि कृषकमा उत्साह बढेको छ । परम्परागत तरिकाले स्थानीय जातका बाख्रापालन व्यवसाय गर्दा मेहेनतअनुसार कृषकले आर्थिक लाभ लिन नसकेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगर बताए ।

“उन्नत जातका बाख्रा वितरणसँगसँगै आधुनिक तरिकाले बाख्रापालन प्रविधिसम्बन्धी तालीम, जुका माटेको औषधि, विभिन्न सामग्री वितरण गरिरहेका छौँ”, उनले भने ।

ग्रामीण क्षेत्र रहेकाले घाँसपात र चरनको पर्याप्त सुविधा हुँदा आधुनिक तरिकाले बाख्रापालन व्यवसाय गरेर कृषकले आर्थिक लाभ लिन सकुन् भनेर बाख्रा वितरण गरिएको थापा बताए । गाउँपालिका–७ का अध्यक्ष जङ्गबहादुर थापाले भौगोलिक क्षेत्र, हावापानीले यो क्षेत्र बाख्रापालनका लागि उपयुक्त रहेकाले व्यावसायिक तवरबाट बाख्रा पाल्न आग्रह गरे । रासस

Tags :
प्रतिक्रिया दिनुहोस