४३४ स्थानीय तहका लागि ११३४६ दरबन्दी माग, लोक सेवा पठाउने तयारी अन्तिम चरणमा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

४३४ स्थानीय तहका लागि ११३४६ दरबन्दी माग, लोक सेवा पठाउने तयारी अन्तिम चरणमा


२५ बैशाख २०७६, बुधबार


समायोजन

काठमाडौँ । सात वटै प्रदेशका चार सय ३४ स्थानीय तहले ११ हजार ३ सय ४६ जना कर्मचारी पदपूर्तिका लागि विवरण पठाएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० गतेसम्म सबै स्थानीय तह९७५३०लाई रिक्त दरबन्दी सङ्ख्यासहितको विवरण पठाउन पत्राचार गरे पनि चार सय ३४ वटा स्थानीय तहले मात्रै विवरण पठाएका छन् ।

प्राप्त विवरण अनुसार सबैभन्दा बढी रिक्त पदको विवरण प्रदेश एकबाट दुई हजार तीन सय ४९ दरबन्दी माग भएको छ भने दोस्रो नम्बरमा प्रदेश सातबाट एक हजार तीन सय ८४ रहेको छ । प्रदेशगतरुपमा प्रदेश एक अन्तर्गतका ८९ स्थानीय तहले दुई हजार तीन सय ४९ जना कर्मचारी माग गरेको छ भने प्रदेश दुईका ५६ स्थानीय तहले एक हजार सात सय ३२, प्रदेश तीनका ६४ स्थानीय तहले एक हजार पाँच सय ८१ माग गरेका छन् ।

त्यसै गरी प्रदेश नम्बर पाँच अन्तर्गतका ७३ वटा स्थानीय तहले एक हजार आठ सय ७२ जना, प्रदेश नम्बर ६ अन्तर्गतका ३४ स्थानीय तहले आठ सय २८ र प्रदेश नम्बर सात अन्तर्गतका ५६ वटा स्थानीय तहबाट एक हजार तीन सय ८४ जनाको रिक्त दरबन्दी पठाएका छन् । स्थानीय तहबाट प्राप्त विवरण मङ्गलवार नै अद्यावधिक भइसकेको भए पनि प्रक्रियागत विषयहरू मिलाउन लोक सेवा आयोगसहित मन्त्रालयका पदाधिकारीहरू बिच हिजो र आज मन्त्रालयमा छलफल भएको छ भने भोलि थप छलफल पछि अन्तिम टुङ्गोमा पु¥याउने उच्च स्रोतले प्रशासनलाई बतायो ।

मन्त्रालयले गत चैत्र १४ गते सङ्घ, प्रदेश र स्थानीय तहमा गरी एक लाख ३१ कर्मचारीको समायोजन गरिएको जानकारी दिएको थियो । जसअनुसार स्थानीय तहमा कायम गरिएको ६६ हजार ९ सय ८ दरबन्दी मध्ये ५० हजार ७ सय ९० कर्मचारी समायोजन गरेको थियो । सोअनुसार अझै १६ हजार एक सय १८ कर्मचारी अपुग देखिन्छ ।

सङ्घमा कायम गरिएको ४८ हजार ४ सय ९ कर्मचारीको दरबन्दीमध्ये ४० हजार ७ सय ६९ र प्रदेशमा कायम २२ हजार दुई सय ९७ मध्ये १४ हजार छ सय ५९ कर्मचारीको समायोजन भएको छ । सङ्घमा सात हजार छ सय ४० र प्रदेशमा सात हजार ट सय ३८ कर्मचारीको पद रिक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस