दाङ । घोराही उपमहानगरपालिका–१ स्थित सल्लीबोट सामुदायिक वनमा लागेको आगो नजिकमा घरमा फैलिँदा ६ घर र २ गोठ जलेका छन् । आगलागीबाट ३१ लाख ५० हजार रुपयाँ बराबरको क्षति भएको जिल्ला प्रहरीकार्यालय दमङले जनाएको छ ।
मंगलबार बेलुका फैलिएको आगो घरगोठमा पुग्दा सम्पूर्ण सामान नष्ट भएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । आगलागीबाट घोराही–१ तल्लो माले निवासी ४२ वर्षीय चुमानसिंह बिष्टको एक घर र एक गोठ जल्दा ६ लाख बराबरको क्षति भएको छ ।
यसैगरी स्थानीय ६० वर्षीय गमबहादुर गमालको दुई घर जल्दा ११ लाख ५० हजार, ३२ वर्षीय टुकमान गमालको एक घर जल्दा ७ लाख र श्यामलाल बिष्टको दुई घर र एक गोठ जल्दा ७ लाख बराबरको बताइएको छ ।







