२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी नहुँदा ‘अहेव’को भरमा वडा कार्यालयहरु

अ+ अ-

बलेवा । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–५ मा रहेको स्वास्थ्यचौकीका अहेव सुनिल गुप्ता अहिले बिरामीको जाँच र उपचार मात्रै गर्नुहुन्न नजिकै रहेको वडा कार्यालयमा आउने सबै सेवाग्राहीको कामसमेत गर्छन्् ।

उनको काम बिरामी जाँच्ने, औषधि दिने र सल्लाह दिने हो तर गाउँपालिकाको कार्यालयले उनलाई वडाका कामको समेत जिम्मेवारी दिएको छ । वडासचिव नभएका कारण उनलाई कार्यालयको जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले जानकारी दिए । गुप्ताजस्तै बडिगाडकै वडा नं १ मा रहेको स्वास्थ्यचौकीमा कार्यरत यानबहादुर श्रेष्ठलाई पनि वडा कार्यालयको समेत जिम्मेवारी दिइएको छ ।

स्वास्थ्यचौकी र वडामा आउने सेवाग्राहीको काम उनीहरुले पालैपालो गर्ने गरेका छन् । निसीखोला गाउँपालिकाको वडा नं ६ मा अहेव जुनी घर्तीले स्वास्थयचौकी र वडा कार्यालयको काम धानेका छन् भने निसीखोला–४ मा अहेव ताराकुमारी चन्दलाई खटाइएको छ । कार्यालयको कामकारवाहीका लागि सचिवको अभाव रहेका कारण स्वास्थ्य शाखामा काम गर्ने उनीहरुलाई थप जिम्मेवारी दिएर काम चलाइएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिए । निसीखोला गाउँपालिकाको प्राविधिक काम गर्नका लागि नियुक्त भएका सहायक कम्प्युटर अपरेटर प्रकाशसिंह धामीलाई पनि दोहोरो जिम्मेवारी दिइएको छ । उनले वडा नं २ को कार्यालयको काम पनि गर्दै आएका छन् ।

गल्कोट नगरपालिकामा पनि दुई वडा अहेवलाई नै जिम्मा लगाइएको छ । ११ वडा रहेको गलकोटमा पाँच वडा सचिवले नौ वडा हेर्ने गरेका छन् भने बाँकी दुई वडामा स्थानीय स्वास्थ्यचौकीका अहेवलाई थप जिम्मेवारी दिएर काममा लगाइएको हो । गल्कोट नगरपालिका–२ मा अहेव जमुना कार्की र गल्कोट नगरपालिका–११ मा दिबहादुर श्रीषले स्वास्थ्यचौकीसँगै वडा कार्यालयको कामसमेत गर्दै आएका छन् ।

समायोजनसँगै वडामा कार्यरत कर्मचारी हिँडेपछि बागलुङका अधिकांश वडा कार्यालय सचिवविहीन भएका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका वडा कार्यालयमा काम गर्ने कर्मचारीको अभाव भएको हो । सदरमुकाममा रहेको बागलुङ नगरपालिकामा सात मात्रै वडा सचिव कार्यरत छन् । १४ वडा रहेको नगरपालिकाका बाँकी सात वडा सचिवविहीन छन् । “केन्द्र तथा प्रदेश र अन्य स्थानीय तहमा समायोजन भएका कर्मचारी हिँडे”, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने “रहेका केही वडाका सचिवसमेत हिँड्ने तरखरमा हुनुहुन्छ, नयाँ कोही आएका छैनन् ।”

पाँच वडा रहेको बरेङ गाउँपालिकामा एक मात्रै वडा सचिव कार्यरत हुनुहुन्छ । उहाँकै भरमा सबै वडामा पञ्जीकरण दर्ता, चलानीलगायतका काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ पौडेलले बताए । नौ वडा रहेको ढोरपाटन नगरपालिकामा दुई मात्रै सचिव छन् । कर्मचारीको अभावका कारण एकलाई चार वडा र अर्का एकलाई पाँच वडाको जिम्मेवारी दिइएको छ । “वडाध्यक्षले सघाएका छन्, सचिवले नै गर्नुपर्ने कामको जिम्मेवारी दुई जनालाई दिइएको छ”, प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले भने, “कर्मचारीको अभावमा वडा कार्यालय कतै वडाध्यक्षको भरमा छन् भने कतै कार्यालय सहयोगीले काम चलाएका छन् ।”

छ वडा रहेको तमानखोला गाउँपालिकामा दुई, सात वडा रहेको निसीखोला गाउँपालिकामा दुई, १० वडा रहेको बडिगाड गाउँपालिकामा तीन सचिवले काम गर्दै आएका छन् । आठ वडा रहेको काठेखोला गाउँपालिकामा पनि एकमात्रै वडा सचिव कार्यरत छन् । प्रायःसबै वडामा सचिव रहेको यो गाउँपालिका कर्मचारी समायोजनपछि खाली भएको हो । सचिव नभएका वडामा कतै गाउँपालिकाका सहायक कम्प्युटर अपरेटर त कतै स्वास्थ्य शाखामा काम गर्नेलाई जिम्मेवारी दिइएको छ । रासस