सडक मर्मतको काम शुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सडक मर्मतको काम शुरु


२५ बैशाख २०७६, बुधबार


काठमाडौं । कोटेश्र–कलङ्की सडकमा बालकुमारी, ग्वार्खो, महालक्ष्मीस्थानलगायतका स्थानमा मर्मतको काम शुरु भएको छ ।

गत पुसमा चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि यहाँको सडकमा मर्मत शुरु भएको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ । मर्मत अवधि एक वर्षको हुने योजनाका सूचना अधिकारी इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । उनका अनुसार यी तीन स्थानमा कालोपत्र पग्लने, उप्कनेलगायतका समस्या देखिएकाले मर्मतको काम भइरहेको हो । उनले भने, “सडकमा सबैभन्दा माथिल्लो तहको कालोपत्र उप्काएर काम भइरहेको छ ।”

सडक, पुललगायतका संरचनामा कुनै पनि खालको समस्या आउँदा एक वर्षसम्म त्यसको मर्मतको जिम्मेवारी ठेकेदार कम्पनीको नै हुने इञ्जिनीयर शर्माले बताए । उनका अनुसार चिनियाँ निर्माण समूह सङ्घाई निर्माण सेवा समूहले पनि यहाँको सडकमा अहिले निरीक्षणको काम गरिरहेको छ । उनले भने, “कुनै पनि खालको समस्या आउँदा उनीहरुले तुरुन्त काम गरिहाल्छन् ।”

चक्रपथको पहिलो चरण कोटेश्वर–कलङ्की सम्पन्न भएसँगै चीन सरकारले दोस्रो खण्ड (कलङ्कीदेखि महाराजगञ्ज) को पूर्वसम्भाव्यता अध्ययन गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस