२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुलामा सिसा खानी उत्खनन् शुरु

अ+ अ-

सुदूरपश्चिम प्रदेशकोे दार्चुलामा पहिलो पटक सिसा खानी उत्खनन् शुरु गरिएको छ । टोरेक्स माइन्स नेपाल प्रालिले महाकाली नगरपालिका–६ बरमुडे र शैल्यशिखर नगरपालिका–४ रानीशिखरमा सिसा खानी उत्खनन् शुरु गरेको हो ।

चार वर्षदेखि सिसाको सम्भाव्यता अध्ययन भइरहेको थियो । अहिले आएर सो प्रालिले उत्खनन् काम शुरु गरेको हो । पहिलो चरणमा बरमुडे क्षेत्रको सिसा खानी उत्खनन् शुरु गरिएको छ । रानीशिखरमा आगामी असोजदेखि सिसा खानी उत्खनन्को तयारी गरिएको लगानीकर्ता एवं साईड इन्चार्ज प्रेमसिह धामीले जानकारी दिए ।

सडक नपुगेको बरमुडे क्षेत्रमा कम्पनी स्वयंले सडकको ट्रयाक खुलाउँदै सिसा उत्खनन शुरु गरेको छ । अहिले खानीसम्म सडक पु¥याइ उत्खनन्को काम शुरु गरिएको धामीले बताए ।

नेपालमै पहिलो पटक दार्चुलामा सिसा खानी उत्खनन् शुरु गरिएपछि रोजगारीको सम्भावना बढेको छ । सिसा उत्खननका लागि खानी तथा भु–गर्भ विभागले सहयोग गरेको छ ।

‘विभागको सहयोगमा सम्भाव्यता अध्ययन सकियो, परिक्षणको लागि लगिएको सिसा खानी सफल भएपछि अहिले नियमित उत्खनन् थालिएको छ’, लगानीकर्ता धामीले भने । दुई वर्षअघिबाटै नियमित उत्खनन् गर्नुपर्नेमा लगानीलगायत भौतिक पूर्वाधारको समस्याका कारण ढिला गरि काम शुरु गरिएको उनको भनाई छ ।

सुदूरपश्चिम र काठमाडौँका १० जनाको झण्डै रु १० करोड संयुक्त लगानीमा सिसा खानीको उत्खनन् शुरु गरिएको हो । खानीबाट इलेक्ट्रोनिक ब्याट्रीमा प्रयोग हुने लिड नामक कच्चा पदार्थ निकालिने छ ।

डेढ वर्ष अघि रानिशिखर र बरमुडेमा परीक्षणको रुपमा सिसा खानी उत्खनन् थालिएको थियो । सिसा उत्खनन् गर्दा राम्रै भेटिएपछि अहिले आएर सो कम्पनीले काम थालेको हो ।
नेपाल सरकारले दिएको अनुमतीअनुसार उत्खनन शुरु गरेपछि खानीबाट दैनिक १५ टन कच्चा पदार्थ निकालेर प्रशोधनका लागि भारत निर्यात गरिने छ ।

नेपालमा सिसाको प्रशोधन गर्न उपकरण नहूँदा भारत निकासी गर्नुपरेको प्रालिले जनाएको छ ।

अहिले खानीमा १५ जनाले रोजगारी पाएका छन् । खानी उत्खनन् बढ्दै गएपछि स्थानीयले थप रोजगारी पाउने सम्भावना रहेको सञ्चालक सदस्य धामीले बताए । दुवै क्षेत्रमा सडक सञ्जाल नपुगेका कारण आफै सडक निर्माण गरेर सिसा खानीसम्म पुग्ने प्रयास थालिएको हो ।

रानीशिखरसम्म पनि केहि भागमा कम्पनीले आफै सडक खनेको थियो भने स्थानीयलाई रोजगारी दिएको थियो । गाउँमा भएका खानी उत्खनन् हुन थालेपछि स्थानीयमा रोजगारीको आशा पलाएको रानिशिखरका स्थानीय महादेव ठगुन्नाले बताए ।

सिसा खानी उत्खनन् हुँदा समग्र प्रदेशको आर्थिक विकासमा टेवा पुग्ने कम्पनीले जनाएको छ । ‘सिसा खानी उत्खनन् थालिएको छ, यसलाई स्वदेशमै रोजगारी सिर्जनागर्ने वातावरण बनाउने जिम्मा अब सरकारको हो’, धामीले भने । स्थानीयमा सीपको विकाससंगै सरकारले समेत राजस्वको ठुलो हिस्सा खानीबाट पाउनेछ ।

तर लगानीकर्ताहरु भने खानी सञ्चालनमा सरकारले सहयोग गर्नुपर्ने बताउँछन् । जिल्लामा थुप्रै प्रकारका खानी भएपनि सम्भाव्यता अध्ययन र उत्खनन् हुन नसक्दा ओझेलमा छन् । जानकारहरुका अनुसार जिल्लामा सिसासँगै तामा, फलाम, सुन तथा चमेलिया नदी किनार क्षेत्रमा युरेनियम खानी रहेको छ ।रासस