२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजार : २२ अङ्कले वृद्धि

अ+ अ-

काठमाडौं । लगातार घट्दै आएको शेयर बजार आज भने करिब २२ अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २१ दशमलव ७३ बिन्दुले वृद्धि भई एक हजार २९९ दशमलव ४१ बिन्दुमा पुगेको छ । प्रतिशत आधारमा हेर्दा आज बजार एक दशमलव ७० प्रतिशतले वृद्धि भएको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव शुन्य एक अङ्कले बढेको छ । सेन्सेटिभ परिसूचक भने एक दशमलव ८३ प्रतिशतले वृद्धि भएको छ ।

उच्च अङ्कले नेप्से परिसूचक वृद्धि भएपनि कारोवार रकम भने सोही अनुसार वृद्धि हुन सकेन । कूल १७२ कम्पनीको २० लाख ७५ हजार ४० कित्ता शेयर रु ६३ करोड ३६ लाख ५३ हजार ५२९ मूल्यमा कारोवार भयो ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज अन्य उपसमूह बाहेक अरु सबै उपसमूहको शेयर वृद्धि भएको छ । अन्य उपसमूह शुन्य दशमलव ८५ बिन्दुले घटेको छ ।

बैंकिङ २९ दशमलव ६१, व्यापार १० दशमलव ३५, होटल १९ दशमलव ८४, विकास बैंक १५ दशमलव ८६, जलविद्युत् तीन दशमलव ३६, वित्त एक दशमलव ७६, निर्जीवन बीमा चार दशमलव ६६, उत्पादन ७३ दशमलव ३६, लघुवित्त १० दशमलव १७ र जीवन बीमा ७५ दशमलव ६९ बिन्दुले बढेका छन् ।

स्टकका अनुसार कारोवारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । प्रतिकित्ता रु ३८८ मा रु ४ करोड ९४ लाख १५ हजार १५२ मूल्यमा शिवम्को कारोवार भयो ।

यस्तै जनता बैंकको रु ३ करोड ८६ लाख ५४ हजार ६७८, नेपाल बैंक लिमिटेड रु ३ करोड ८५ लाख ५२ हजार ३५९, एनएमबी बैंक रु ३ करोड १० लाख १४ हजार ३७७, प्रभु बैंक रु २ करोड ४० लाख ९४ हजार नौ, नेको इन्स्योरेन्स रु दुई करोड दुई लाख एक हजार ८५८ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज साल्ट ट्रेडिङ लिमिटेडका शेयरधनीले ९ दशमलव ७८ प्रतिशतले कमाए । मल्टीपर्पोज फाइनान्स कम्पनी ९ दशमलव ७०, शिवम् सिमेन्ट ८ दशमलव ३८, मेगा बैंक ६ दशमलव शुन्य ४, बैंक अफ कमाठमाडौँ ५ दशमलव ४५, एशियन लाइफ इन्स्योरेन्स ४ दशमलव ६०, जनता बैंकका शेयरधनीले ४ दशमलव ५२ प्रतिशतले कमाएका छन् ।

त्यस्तै पाँचथर पावर कम्पनीका शेयरधनीले ६ दशमलव २७ प्रतिशतले गुमाए । मिर्मिरे लघुवित्त वित्तीय संस्था ५ दशमलव ५९, यूनिभर्सल पावर कम्पनी ३ दशमलव १२, सिदार्थ इक्विटी फण्ड २ दशमलव ८३, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले दुई दशमलव ३९ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस